arrow

ह्याम्मर र ढुंगाले हानेर मारिएको अवस्थामा गुल्मीको चन्द्रकोटमा ३ जनाको शव फेला

फेला परेका शवको पहिचान खुल्न सकेन

logo
कमल पौडेल
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
Gulmidarbar_Gaunpalika.png

बागलुङ। गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ३ हर्राचौरको चौराली पोखरा भन्ने स्थानमा एक अधवैंसे महिलासँगै दुई वच्चाको शव भेटिएको छ।

चन्द्रकोट गाउँपालिका वडा नं. ३ अध्यक्ष किरण साहका अनुसार शान्तिपुरबाट थालेपोखराहुँदै बागलुङको गलकोट जाने सडकको मुनिपट्टी शव भेटिएको हो। अहिले घटनास्थलमा इन्सपेक्टरको कमाण्डमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली पुगेको छ।

अन्दाजी अठ्ठाइस वर्षको महिला र ९/१० वर्षको तथा १२/१३ वर्षको देखिने २ वालकको शव पनि भेटिएको हो। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए।

शवलाई पोष्टमार्टमको लागी तम्घास लगिएको छ। महिलाको शरिरका गरगहना जस्ताको तस्तै रहेको र घटनास्थलमा २ वटा ह्याम्मर र रक्ताम्मे ढुंगा भेटिएकोले हत्या भएको अनुमान प्रहरीले गरेको छ।

रगत जमेको र शव सड्न थालेकोले घटना एक हप्ता अगाडि नै भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थल गुल्मी र बागलुङको सिमाना नजिक पर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ