arrow

तराई मधेशको मात्र नभइ देशभरको साझा पर्व बन्दै छठ

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
chhath-puja.jpg

कपिलवस्तु। मध्य तराईका जिल्लाहरुमा धुमधामका मनाईने छठ अहिले देशैभर जनजाति, दलित, मुस्लिम, मधेसी समुदायले समेत धुमधामले मनाउन थालेका छन्। अहिले छठ जिल्लामा एकता र सदभावको पर्व बन्दै मैथिली, पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ।

केही बर्ष अघिसम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमति छठ पर्व अहिले समाबेशी बन्दै गएको छ। बिशेष गरि पूर्वका मधेसी समुदायमा मात्र सिमित छठ पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको छ। आराध्यदेव सूर्यको आराधना र उपासना गरि मनाईने छठ पर्व बिहीवारबाट सुरु भई आईतवार सम्पन्न हुदैछ। 

कपिलवस्तु नगरपालिका १ की नेवार समुदायकी महाश्येता शाक्यले पाच बर्ष अघिदेखि छव पर्व मनाउदै आएको बताईन । माईती घरमा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताईन्। बिभिन्न जात जातीहरुले एकैसाथ पर्व मनाउदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन्।

कपिलवस्तु नगरपालिका– २ की कुन्ती पासीले जमुहार नदीमा सबैसँग सामुहिक पुजा गरिन। यो पर्व तराईमा बस्ने नेपालीहरुले विगत लामो समयदेखि उत्साह र उमंगका साथ मनाउँदै आएको पाइन्छ भने पहाड र उपत्यकामा पनि विस्तारै उत्साहका साथ मनाउने गरेको पाइन्छ।

छठ पर्वमा नदी वा पोखरी किनारमा भक्तजनहरु जम्मा भई अस्ताउँदो सूर्यलाई पूजा गरी मनाउँदछन् भने पछिल्लो दिन उदाउँदो सूर्यलाई पुजा गरेर मनाउने गरिन्छ। परिवारको ज्येष्ठ योग्य र स्वस्थ महिलाको नेतृत्वमा मनाइने सामूहिक पर्व छठ पर्व हो ।

यस समयमा छठ व्रत बसी सूर्यदेव र छठी माताको पूजाअर्चना गर्नाले आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास पाइन्छ। सबै धर्म समुदाय र जाति एकै ठाउँमा भेला भएर छठ पर्व मनाइने हुँदा यो पर्वको एउटा छुट्टै विशेष पहिचान पाउन सकिन्छ।

छठ पर्वमा सूर्यको पूजा गरिन्छ । सूर्यले पृथ्वीमा रहेका सम्पूर्ण जीव र वनस्पतिहरुलाई ताप दिने गर्दछ। यसको ताप वा किरणले विभिन्न रोगका कीटाणुहरुलाई नष्ट गर्ने गर्दछ। हिन्दु धर्ममा पनि सूर्यलाई ब्रह्मा, विष्णु र महेश्वरको शक्तिको रुपमा उल्लेख गरिएको छ। यद्यपि संसारका विभिन्न समुदायहरुले सूर्यको पूजा आ–आफ्नै तरिकाबाट पनि गरेको पाइन्छ । 

कपिलवस्तुका विभिन्न नदि तथा तालहरुको किनारमा गएर शनिवार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर पुजा गरेर यो पर्व मनाइएको छ। जिल्लाको सदमुकाम तौलिहवाको रमघाट, जमुवार नदि, वाणगंगा नदिका विभिन्न भाग तथा महाराजगञ्ज पकडी लगायतका क्षेत्रमा यो पर्व मनाइएको छ।

कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ताले वाणगंगा नदिको रामघाट नदीमा गएर पुजा गर्दै सबै समुदायमा यस पर्वले आपसी समझदारी र भाइचाराको सम्वन्ध विस्तार गरेको बताइन्। पुजास्थलमा स्थानीय नेता, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ