arrow

विष्फोटमा परी कम्तीमा नौ बालबालिकाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
afghanistan-map-geo.jpg

अफगानिस्तान। अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ।

प्रान्तीय प्रहरी कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी बिहान ९:०० बजे विस्फोट भएको र त्यसमा ताहिरी गाउँको एक प्राथमिक विद्यालयमा पढ्न हिँडिरहेका बालबालिकाहरूको मृत्यु भएको पुष्टि गरेको छ।

प्रहरीले घटनामा अफगानी तालिवान विद्रोहीको सम्लग्नता रहेको हुनसक्ने बताएको छ। तर तालिवान विद्रोहीबाट शनिबार साँझसम्म घटनाबारे केही प्रतिक्रिया आएको छैन। दार्कद जिल्लामा विगत दुई महिनादेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूबीच पटकपटक दोहोरो भिडन्त भइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ