arrow

रोनाल्डोले गोल नगर्दा पनि जित्यो युभेन्ट्स

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
ronaldo-torino.jpg

काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । शनिबार राति भएको खेलमा टुरिनोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्सले महत्वपूर्ण तीन अंक बटुलेको हो । यो जितले युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुग्न समेत सफल भएको छ । 

युभेन्ट्सका लागि एक मात्र गोल ७० औ मिनेटमा म्याथिज डी लिग्टले गरे । यो खेलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । 

रोनाल्डोले गोल नगरे पनि टिमले भने जित हासिल गर्दै शीर्ष स्थानमा पुग्यो । रोनाल्डोले पहिलो हाफमा गोलका दुई सुन्दर अवसर गुमाएका थिए । 

लिग्टले भने आफ्नो इज्जत राखेका छन् । उनी यसै सिजन ६७.५ मिलियन पाउण्डमा युभेन्ट्स भित्रिएका हुन् । 

शनिबार रातिका अन्य खेलको परिणाम–
एएस रोमा २–१ नापोली
बोलोग्ना १–२ इन्टर मिलान

अंक तालिका–
११ खेलबाट २९ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा, इन्टर मिलान ११ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

११ खेलबाटै २२ अंकसहित रोमा तेस्रो स्थानमा छ । १० खेलबाट २१ अंकको एटलान्टा चौथो स्थानमा छ । लाजियो, नापोली र काग्लियारीको समान १८ अंक छ । 

शीर्ष स्थानको युभेन्ट्सले ११ खेलबाट २९ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग एक अंकको अग्रता लिएको छ ।

टुरिनो ११ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ