arrow

प्रदेशसभाले ऐनहरु बनाई स्थानीय तहका लागि वातावरण बनाओस् – तिमिल्सिना    

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
ganesh-timalsina.jpg

ताप्लेजुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् । संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताए ।
     
शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । 

 जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै उनले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।
     
परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उनको भनाइ थियो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका क्रममा ताप्लेजुङ आएका अध्यक्ष तिमिल्सिना आइतबार त्यसतर्फ जाने बताइएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ