arrow

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस 

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
pm-oli-discharge.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्पताल पुगेका छन् । उनको फेरि मिर्गौलाको डायलाइसिस गरिँदैछ ।

गत बुधबार ग्रान्डीमा भर्ना भएका ओलीको बुधबार र बिहीबार गरी दुई पटक डायलाइसिस गरिएको थियो । तर यसको जानकारी ढिला गरी दिइएको थियो । 

मृगौलाले दुःख दिएपछि आइतबार बिहान फेरि उनी अस्पताल पुगेका छन् । उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि ओलीमा नियमित डायलासिस गर्ने या फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प रहेको चिकित्सकहरुको भनाइ छ । गत साउन र भदौ गरी दुई पटक ओली सिंगापुर गएर उपचार गराएका थिए । 

ओलीलाई नियमित अस्पताल जानुपर्ने भएकाले प्रधानमन्त्री निवास बालुवाटारमै सुविधायुक्त उपचार कोठा बनाउने पहल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ