arrow

डिएसपी शाहीलाई सत्य सेवा सुरक्षणम्‌को तीन मन्त्र पुन: पढाउन कांग्रेसको माग

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
nc-party-office.png

काठमाडौं । प्रहरी नायव उपरिक्षक (डिएसपी) हेमबहादुर शाही प्रहरी आचरण विपरितका गतिविधीमा संलग्न भएको अडियो भिडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले  डिएसपी शाहीलाई सत्य सेवा सुरक्षणम्‌को तीन मन्त्र पुन: पढाउन माग गरेको छ ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याउन नेपाल प्रहरीसँग माग गरेका हुन् ।

आइतबार ट्वीटमा शर्माले लेखेका छन्,' धम्कीको रेकर्ड सार्वजनिक छ, नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् । प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम् को तीन मन्त्र पुन पढाइयोस् !'

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई नियन्त्रणमा लिएका प्रहरी नायव उपरिक्षक (डिएसपी) हेमबहादुर शाही प्रहरी आचरण विपरितका गतिविधीमा संलग्न भएको अडियो भिडियो सार्वजनिक भएको थियो ।

प्रहरी आचारण विपरित बडाभोजका लागि खसी बोका माग्ने तथा आफूसँग असहमत पक्षलाई गोली हानेर तिघ्रा छेड्ने धम्की दिने डिएसपीलाई अनुसन्धानको दायरामा ल्याउन तरुण दलले माग गरिसकेको छ। शाहीले आफ्ना कार्यकर्ताहरुलाई फसाउने षडयन्त्र गरेको भन्दै तरुण दलले कोहलपुरमा प्रदर्शन समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ