arrow

सरकारले हटायो प्रदेश प्रमुखहरू

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुखहरूलाई पदबाट हटाएको छ ।  सरकारले गरेको  सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरि प्रदेशका प्रमुखहरूलाई हटाएकी हुन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सात प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

पदमुक्त हुनेमा प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा- प्रदेश १,  रत्नेश्वर लाल (कायस्थ), काठमाडौं - प्रदेश २, अनुराधा कोइराला, काठमाडौँ - प्रदेश ३,  बाबुराम कुवंर, अर्घाखाँची - गण्डकी प्रदेश ,  उमाकान्त झा, धनुषा - प्रदेश ५,   दुर्गा केशर खनाल, सुर्खेत - कर्णाली प्रदेश,  मोहनराज मल्ल, कैलाली - सुदुर पश्चिम प्रदेश रहेका छन्। सातै प्रदेश प्रमुखलाई तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ