arrow

रबिन्द्रको स्थानबाट श्रीमती विद्या उम्मेदवार

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
rabindra1.png

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्वर्गीय नेता रबिन्द्र अधिकारीको स्थान, प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले  भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार बनाउने निर्णय गरेको हो ।   विद्या अधिकारीकी पत्नी हुन्।

फागुन १५ गते  पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रतिनिधिसभातर्फ कास्की २ मा स्थान रिक्त छ।

नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ