arrow

अमिताभको दिवाली पार्टीमा ऐश्वर्याले जोगाइन् म्यानेजरको जीवन, शाहरुख बने 'हिरो'

सेरवानी खोलेर शाहरुख खानले छोपिदिए ऐश्वर्या बच्चनकी म्यानेजरको शरिर

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनको दिवाली पार्टीमा ऐश्वर्या रायको म्यानेजरको लेहंगामा आगो लागेको थियो । सो आगो कसले निभाएको हो अझै सो बिषय अझै सुल्झिएको छैन। यस अघि शाहरुख खानले यो आगो निभाएको समाचार बाहिरियो साथै उनि थोरै जलेको पनि खबर आए । तर पछि आगो शाहरुखले नभइ ऐश्वर्या आफैले निभाएको खुल्यो।

आफ्नो जन्मदिनको अवसरमा शाहरुखले शनिबार आफ्ना फ्यानहरूसँग भेट गरे। यस समयमा एक प्रशंसकले उनलाई घटनासँग जोडिएको  प्रश्न सोधे।  शाहरुख खानका एक प्रशंसकले ऐश्वर्या राय बच्चनको म्यानेजर अर्चना सदानंदको कपडामा आगो लागेको र त्यसलाई निभाएको कन्ट्रोभर्सीमा प्रश्न गरे तब शाहरुखले कुरा गर्न अस्वीकार गरे। शाहरुखले जवाफ दिए, "म यसका बारेमा कुरा गर्न चाहन्न, यो व्यक्तिगत हो।" सुपरस्टारले जोड दिए उनी खुशी छन् कि त्यस घटनामा जो कोही घाइते भएका छन् अहिले उनिहरु सुरक्षित छन।

घटनालाई लिएर शाहरुख खानको पीआर टीमले पहिले बाजी मारेको थियो । टीमले शाहरुखलाई यस घटनाको नायक बनाएका थिए ।  तर ऐश्वर्याको  म्यानेजरको जीवन शाहरुख खानले नभइ ऐश्वर्या रायले बचाएको बताइएपछि मुम्बई फिल्म उद्योगमा उचोमा पुगेको शाहरुखको  पीआर केहि समय मै भुइमा झर्यौ ।

बुधवार, अङ्ग्रेजी ट्याब्लोइड मिडडेले पहिलो पटक अमिताभ बच्चनको दिवाली पार्टीमा अर्चना सदानन्दको लेहंगामा आगो लागेको खबर प्रकाशित गर्‍यो र अर्चनालाई आगोबाट बचाउनेको श्रेय शाहरुख खानलाई दियो। दुर्घटना सोमबार बिहान दुईदेखि तीन बजेतिर बताइएको थियो। सो खबरलाई फिल्म 'मेन हूं ना'मा शाहरुख खानलाई निर्देशित गर्ने प्रसिद्ध कोरियोग्राफर फराह खानले आफ्नो ट्विटर ह्यान्डलबाट नेतृत्व गरिन्।

यसका साथै सलमान खानले इन्स्टाग्राममा एक पोस्ट शेयर गरे। सो पोष्टको साथ प्रकाशित भिडियोमा शाहरुख खानको शर्ट जलेको देखिन्छ र शाहरुख निस्फिक्रि देखिन्छन्। सँगै, सलमान खानको आवाज चलिरहेको छ , "नायक त्यो हो जसले आगोमा गएर अरुलाई बचाउछ ।"

अर्चनालाई आगोबाट जोगाउने समाचार लिएर शाहरुख वास्तविक जीवनको नायक बन्नु भन्दा पहिले नै टाइम्स अफ इण्डियाले बुधवार मध्यरातमा यस घटनाको अर्को खबर प्रकाशित गर्‍यो जुन साधारण पाठकहरूको ध्यानाकर्षण नभएको हुनसक्दछ तर बिहीबार पूरा दिन मुम्बई फिल्म उद्योगमा यसको लिंकलाई शेयर गरिएको थियो।

सो समाचारका अनुसार अर्चना सदानन्दको लेहंगामा आगो लागेपछि ऐश्वर्या रायले आफैंले उनको जीवन बचाउन अघि सरिन् । उनि अर्चनाको छेउमा नै थिइन् । जसै लेहंगामा आगो लाग्नाले पार्टीमा हिल्ला मच्चियो उनले अर्चनाको लंहगा च्यातेर उनको शरीरबाट अलग गरिन् र आगोलाई निभाइन् ।  यसपछि अलि पर उभिएका शाहरुख खानले आफ्नो सेरवानी खोले र अर्चनाको शरीर छोपिदिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ