arrow

भारतको खजुरीयामा बसको ठक्करबाट एक नेपालीको मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
dead2.jpg

कंचनपुर ।  भारतको खिरी जिल्ला स्थित खजुरीया बजारमा बसले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ ।

भारतीय बजार खजुरीया नजिकै रहेको क्रसर भन्ने स्थानमा युपी ३१ टि ०३२७ नम्बरको भारतीय सिन्धु ट्राभल्सको सार्वजनिक बसले पछाडीबाट ठक्कर दिँदा म २ प ६८०५ नम्बरको नेपाली मोटरसाइकलमा सवार कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाका राजेश लुहारको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मोटरसाइकल चालक राहिल रोकायाको अवस्था सामन्य रहेको छ । भारतिय बजारबाट समान खरिद गरि नेपाल फर्किने क्रममा घटना भएको सशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी निरीक्षक रोशन नाथले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ