arrow

चार कामदार कालंगा हाईड्रोको सुरुङ भित्र फसे

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
kalanga_(2).JPG

बझाङ। बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् । आईतबार दिउसो सुरुङ भित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखीम रहेको प्रहरीले जनाएको छ ।

काम गर्नका लागि सुरुङ भित्र गएका बेला अक्सिजन नभएपछि उनिहरु बेहोस भएको डिएसपि गणेश बहादुर बमले बताइ । उनिहरुसंगै गएका दुई जना कामदार भने फर्किन सफल भएको उनको भनाई छ । चार जनाको अवस्था भने अज्ञात रहेको डिएसपी बमले बताए।

दैलेख जिल्ला गुराँस गाँउपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिया महेन्द्र शाही, सो गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ बर्षिया महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ बर्षिया शेर सिहँ धामी रहेको प्रहरी नायब उपरिक्षक बमले जानकारी दिए।

घटना भएको जानकारी भएपछि जिल्ला बाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहित नेपाली सेना शशत्र प्रहरी र नेपाल प्रहरी सहितको टोल घटना स्थल तर्फ गएको छ ।

आठ सय मिटर लम्बाई सुरुङ भएकाले त्यहाँ भित्र अक्सीजनको पनि अभाव भएको हुँदा उद्धार गर्न पनि समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

उनका अनुसार सुरुङ भित्र फसेका  कामदारहरु निकाल्नका लागी काठमान्डौ बाट हेलीकोप्टरमा नेपाली सेनाको टोली घटना स्थलमा पुगी उद्धारका लागी थप पहल भइरहेको बताए ।

विगत ५ बर्ष देखी निर्माण कार्य सुरु भएको कालंगा हाईड्रो प्रा.लीले यहाँको सानीगाड कालंगा खोला बाट ६५ मेघावाट विधुत उत्पादन गर्ने भएको छ । हाईड्रो को दहबगर जस्तै पाउटामा पनि सुरुङ खन्नेकाम भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ