arrow

१० बर्षसम्म डेट गरेर पनि तबुले किन गरिनन् विवाह, अजयले गरे खुलासा

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
ajaya-tabbu.jpg

काठमाडौं । 'विजयपथ', 'मकबूल', 'फिटूर', 'अस्तित्व', 'चाँदनी बार' र 'हैदर' जस्ता फिल्ममा अभिनय गरेकी तबुको नोभेम्बर ४ मा जन्मदिन हो। तबु बलिउड चलचित्र उद्योगमा ३९ बर्षदेखि छिन्। यति लामो समयमा तबुले एकसे एक  फिल्महरू बलिउडलाई दिइन्।

तबुको यति लामो फिल्म क्यारियरमा धेरै अभिनेताहरूसँग नाम जोडिन्छ । यद्यपि उनले कोहिसँग विवाह गरिनन् । तबुको विवाहबारे धेरै प्रश्नहरू पनि उठ्ने गरेका छन्। केहि समय अघि तबु एक फिल्मको प्रमोशनमा गएकी थिइन्। जहाँ उनलाई विवाहको बारेमा प्रश्न गरिएको थियो। तबुको विवाहको प्रश्नमा उनको घनिष्ठ मित्र अजय देवगनले ठूलो खुलासा गरेका थिए।

तबु र अजय देवगन फिल्म 'दे दे प्यार दे' मा सँगै देखिएका थिए। 'दे दे प्यार दे' हास्य मनोरञ्जनमा आधारित फिल्म हो। तबु र अजय यस फिल्ममा सँगै छन् । यस फिल्मको प्रमोशनको क्रममा, अजयले तबुको विवाहसँग सम्बन्धित गोप्य कुरा खोलिदिएका थिए। अजयले तबुको विवाहको बारेमा भनेका थिए - 'तब्बु म जस्तो केटा चाहिएको थियो, तर अहिलेसम्म उनले म जस्तो कोही भेट्टाउन सकिन्न, त्यसैले उनि कुमारी नै छिन्।'

धेरै कमलाई थाहा होला तबु र अजय सबैभन्दा मिल्ने साथी हुन्। अजयले भने- 'काजोललाई पनि यो थाँहा छ र उसलाई यसमा कुनै समस्या छैन। उनी भन्छिन्, 'यो सामान्य भावना हो। मलाई कुनै आपत्ति छैन। '

अजयलाई सो समय  'दे दे प्यार दे' को ट्रेलर हेरेपछि काजोलले कस्तो प्रतिक्रिया देखाइन् भनेर सोधिएको थियो। यसमा अजयले भनेका थिए, 'काजोलले ट्रेलर मन पराइन् र उनलाई कुनै समस्या छैन। उनि पनि फिल्म उद्योग कै हुन् र उनलाई थाहा छ कि यहाँ कस्तो काम हुन्छ ।'

तबुको पूरा नाम तबस्सुम फातिमा हाश्मी हो। व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा, तबुको नाम धेरै कलाकारसँग जोडिएको थियो , तीमध्ये संजय कपूर, साजिद नाडियाडवाला र नागार्जुन जस्ता स्टारहरू थिए।

बलिउड शादी डटकमका अनुसार तबु फिल्मको करियरको क्रममा दक्षिणको सुपरस्टार नागार्जुनसँग प्रेममा भएको थियो । यो सम्बन्ध करीव १० बर्ष सम्म चल्यो, तर उनीहरू विवाह गर्न सकेन किनकि नागार्जुनको विवाह भइसकेको थियो । र उनि आफ्नी श्रीमतीलाई छोड्न तयार थिएनन्। तब तबजुले आफूलाई नागार्जुनबाट टाढा राखिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ