arrow

सुरूङभित्र फसेका तीन जनाको मृत्यु ,एकको अबस्था अज्ञात

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
kalanga_(2).JPG

शैलेन्द्र रोकाया,  बझाङ। बझाङमा निर्माणाधिन कालंगा हाईड्रो पावरको सुरूङभित्र फसेका तीन जना मृत भेटिएका छन् भने एक जनाको अबस्था अज्ञात छ । सुरुङ भित्रबाट उद्दार गर्न समेत कठिन भएपनि उद्दार कार्य जारी रहेको छ ।
 
आइतवार सुरूङभित्र काम गर्न गएका मजदुरहरु अक्सिजनको  समस्या भएपछि स्वास फर्ने नसकेर सुरूङ भित्रै फसेका थिए ।  जिल्लाका सुरक्षा निकाय र स्थानीयहरुले उद्धार गर्न नसकेपछि काठमाण्डौवाट विशेषज्ञसहितको  टोली हेलिकप्टरवाट घटना स्थल आएको थियो ।  

उद्दार गर्न आएको टोलीले सुरुङ भित्र फसेका दैलेख जिल्ला गुराँस गाँउपालिका ३ घर भएका ३२ बर्षिया कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका ६ का २८ बर्षिया महेन्द्र साँउदको शव सुरुङबाट बाहिर निकालिएको छ भने एक जनाको शव सुरुङ भित्र भएका कारण पहिचान खुल्न नसकेको र एक जनाको अबस्था अज्ञात रहेको प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले बताए ।

बझाङको बुंगल नगरपालिका १ का ३५ बर्षिया शेर सिहँ धामी र दैलेख जिल्लाको गुराँस गाउँपालिकाका महेन्द्र शाही लगायत चार जना  आईतबार सुरुङ गएका थिए ।

उपरिक्षक बमले भने,'सुरुङ भित्र अज्ञात अबस्थामा रहेका एक जनाको समेत मृत्यु भएको हुन सक्छ सुरुङ भित्र अक्सिजनको कमी भएका कारण उद्घार गर्न समेत समस्या भएको छ ।'

सुरुङ झण्डै एक किलोमिटर लम्वाइ भएकाले उद्धार टोलीलाई पनि अक्सिजनको समस्या भएको वताइएको छ । बाहिरवाट जोडिएका अक्सlजनका पाइपहरुले काम नगरेको वताइएको छ । मृतक मजदुरहरको विमा अनुसार क्षेतिपुर्ती दिईने भएको हाइड्रोले वताएको छ  । शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने भएको छ ।

विगत पाँच वर्षदेखि जिल्लाको बुंगल नगरपालिकाको तीन स्थानमा विद्युत र्निमाण हुदैछ । घटना भएको स्थान दहवगर क्षेत्रको मुहान स्थलको सुरुङमा हो । अन्य खिरातडी र पाउटा क्षेत्रमा पनि सुरुड खन्ने काम भई रहेको छ । ६५ मेगावाट क्षमता रहेको यस आयोजनाको अहिले ७५ प्रतिशत काम भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ