arrow

सुत्केरी ब्यथाले छटपटाएकी महिलाको हेलिकप्टरबाट उद्धार

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
helecopter-uddhar.jpg

मुगु । आइतबारदेखि सुत्केरी हुन नसकेर छटपटाइरहेकी एक महिलाको उद्घार गरिएको छ । मुगु जिल्लाको विकट गाउँपालिका मुगुमका मारोङ्ग गाउँपालिका–८ माग्री गाउँकी ३४ वर्षीया कार्मायाङ्ग जुमलामाको लामो समयको सुत्केरी ब्यथाबाट स्वास्थ्य अवस्था कमजोर भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्धार गरिएको हो ।

आइतबार बिहानबाट सुत्केरी ब्यथा लागे पनि सोमबारसम्म सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

आइतबार बिहानदेखि सुत्केरी ब्यथा लागे पनि आज अपराह्नसम्म सुत्केरी हुन नसकेपछि प्रसूति गृहमा कार्यरत स्वास्थ्यकर्मीले जिल्ला अस्पताललाई जानकारी गराएको र जिल्ला अस्पतालका चिकित्सकको सल्लाहमा उनलाई पठाइएको माङ्ग्रीगाउँका स्थानीयवासी एवं स्वास्थ्यचौकी पुलुका इञ्चार्ज गुरुछोर्देन लामाले बताए ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गएको वैशाखदेखि हालसम्म पाँच जना महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला सदरमुकाम ल्याउन पाँच घण्टा कठिन बाटोको यात्रा गर्नुपर्ने भएपछि तत्काल महिलाको उद्घारका लागि मन्त्रालयमा सिफारिस पठाएको र सोहीअनुसार हेलिकप्टरबाट उद्घार गरिएको प्रजिअ घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ