arrow

नेपाल र अमेरिकामा 'टुसाएको गगन'

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार

काठमाडौं । नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू-सेन्र्यु सङ्ग्रह "टुसाएको गगन"को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एवम् सेन्र्यु रहेकाछन् । यस सङ्ग्रहमा बिष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन शहरमा मदन पुरस्कार एवम् पद्माश्री पुरस्कार पुरस्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार 'रनादी', अप्सरा गिरी भारती, आभा भारती एवम् नेपाली अमेरिकन मैत्री सङ्घका अध्यक्ष अबिमन पसछेंबाट बिमोचन भएको थियो । यस्तै काठमाण्डौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल एवम् बुनू लामिछाने, कवि एवम् समीक्षक डा लेख निरौला, हाइकुकार कवि बिष्णु बहादुर सिंह तथा वडा-७का वडाध्यक्ष सुद्धकुमार डङ्गोलले बिमोचन गरेका थिए ।

काठमाण्डौंको कार्यक्रम सञ्चालन तिलिस्मी प्रभासले काव्यिक शैलीमा गरेका थिए र बुनू लामिछानेले पनि काव्यिक शैलीको स्वागत मन्तव्य राखेका थिए। यस पुस्तकका भूमिकाकार बिष्णु बहादुर सिंहले "'टुसाएको गगन' सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षत्रमा गहकिलो योगदान" हो भने।

त्यस्तै डा लेख निरौलाले यस पुस्तकको समीक्षात्मक मन्तव्य दिंदै, "सुत्रात्मक, मन्त्र जस्ता भान हुने बीम्बपूर्ण रसिला हाइकू यस पुस्तकमा रहेको र ति हाइकूहरुले देशको माया, बिकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक बिम्ब-प्रतीकका मध्यमबाट पस्केको छ" भने। सभापती ठाकुर शर्माले "'टुसाएको गगन'को साश्वत पक्ष रहेको र दीर्घकालिन हाइकूहरु कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेको" कुरा औँल्याए।

अमेरिकामा बिमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री सङ्घको १५औं साहित्य साँझ अन्तर्गत बिजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो । मित्र पौडेलद्वारा सञ्चालित त्यस कार्यक्रममा दर्शकदिर्घाबाट क्रमरहित भएर बिमोचनपूर्व हाइकूकारका मन परेका दस हाइकू दर्शकले वाचन गरेका थिए ।

 कवि तथा साहित्यसेवी दिनार 'रनादी'ले "हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अझै हाइकू लेखन खारिंदै जाने" कुरा प्रष्ट्याएका थिए।

 त्यसै कार्यक्रममा प्रमुख अतिथी नीलम कार्की निहारिकाले नेपाली साहित्याकाशको हिजो-आजमा प्रकाश पार्दै हाइजिन(हाइकूकार)लाई अन्य बिधामा पनि कलम चलाऊन  आग्रह गरेका थिए । उनले म्याडिसन सँच्चैनै नेपाली साहित्यको निमित्त उर्वर भूमी भएको कुरा पनि दोहोर्याएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ