arrow

प्रतिस्पर्धी ओलीबाटै थापे शेरचनले प्रदेश प्रमुखको पद

को हुन् गण्डकी प्रदेश प्रमुख बनेका शेरचन ?

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
oli-serchan-ncp.jpg

काठमाडौं ।  २०६२/६३ को आन्दोलन सफलपछि बनेको नेपाली कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा तत्कालिक जनमोर्चाका अध्यक्षको रुपमा अमिक शेरच सरकारमा उपप्रधानमन्त्री बनेका थिए । उनिसँगै तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओली पनि उपप्रधानमन्त्री नै थिए ।

तत्कालीन अवस्थामा प्रधानमन्त्री कोइरालाले कार्यबाहक दिनुपर्दा बरियताको बिबाद चलिरहन्थ्यो । कोइरालाका साथ पाएका शेरचनले कार्यबाहक प्रधानमन्त्रीको हैसियतमा समेत  सरकारको नेतृत्व गरेका थिए । शेरचनले कार्यबाहक पाउदा अर्का उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री ओली मन्त्रीपरिष्द बैठक तथा शेरचन सहभागि सार्वजनीक कार्यक्रममा सहभागी हुदैन थिए ।

बरियताको बिबादको बेलामा आफ्नो पक्षमा रहेर समर्थन गरेका कोइरालाको त्यो गुन शेरचनले कोइरालाको निधनपछि समेत नबिर्सिएको उनले दिएका अन्तर्वार्तामा देख्न सकिन्छ ।

कोइरालालाई राष्ट्रवादी तथा क्रान्तिकारी नेताको बिशेषण दिनुमा गुन फिर्ता गराउने सन्दर्भमा समेत बुझेका छन । तर त्यस यता माओवादीसँग पार्टी एकिकरण गरि पार्टी  भित्र कमजोर हैसियतमा पुगेपछि उनै शेर जस्ता शेरचन अहिले हिजो बरियताको लडाइका प्रतिस्पर्धी तथा आफ्ना पार्टीका अध्यक्षका रुपमा आइपुगेका ओलीसँग हात थाप्ने अवस्थामा पुगेका छन् ।

नेकपाको सचिवालयले निर्णय गर्दा उनको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावलाई अध्यक्षसहितको सचिवालय बैठकले अनुमोदन गरेको थियो । उपप्रधानमन्त्री भन्दा बरियतामा तलको पदमा शेरचन फर्किएका छन् । सत्तामा १२ बर्षपछि फर्किए पनि प्रदेश प्रमुख बन्ने उनको स्विकारोक्तिलाई नेकपा भित्रै लोभको रुपमा अर्थ्याउनेहरु पनि धेरै छन् ।        

अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा  पर्छन् । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताका उनि निर्भीक, निडर र इमान्दार  पनि छन् ।  त्यही सादगी नेता शेरचन अहिले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।
 
विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मिका बडिबहादुर र उमादेवीका छोरा  उनि हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुन् । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताए।
 
विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र)मा शेरचन केन्द्रीय सदस्य थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए । त्यसका केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई थिए। नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा. भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।
 
एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए  । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी  विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो  । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए। यससँगै उनले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए ।
 
विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनि चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यही प्रहरीलाई समेत कुटपिट गरेका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता थिए। शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आमन्त्रित सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ