arrow

अस्पतालका सटरहरु भत्काउन प्रदेश सरकारको स्विकृति

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
lumbini_pradesik_hospital_line.jpg

बुटवल ।  प्रदेश सरकारले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएरै छाड्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको हो ।

मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिने सहित चार निर्णय गरेको जानकारी दिए ।

अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको म्याद कार्तिक मसान्तमा सकिने र त्यस पछि व्यवसायीहरुलाई एक महिनाको समय दिने सो समय भित्र सटर खाली नगरे मन्त्रालयले डोजर चलाएर सटर भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्विकृति दिने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

बार्षिक झण्डै नौ करोड आम्दानी दिदै आएको अस्पतालका ७२ वटा सटर भत्काएर मन्त्रालयले कम्पाउण्ड वाल बनाउने भएको छ ।अस्पतालका सटर भत्काउने निर्णय गराउनमा यस क्षेत्रका निजि अस्पताल सञ्चालकहरुको हात रहेको व्यवसायीहरुको दाबी छ ।

आम्दानीको मुख्य स्रोतको रुपमा रहेका सटरहरु भत्काए पछि अस्पतालको सेवा प्रभावित हुने र निजि अस्पतालहरुको व्यवसाय बढ्ने उनिहरुको तर्क छ ।यहाँ सञ्चालीत धेरै निजि अस्पतालहरुमा नेकपा र नेपाली कांग्रेसका नेताहरुको लगानी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ