arrow

चीनले नयाँ राजदूत पठाउने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
637917152.jpeg
हङकङ। अमेरिकी र बेलायती राजदूत फेरिए लगत्तै चीनले पनि नेपालमा नयाँ राजदूत पठाउने प्रक्रिया अगाडि बढाएको छ। नेपालमा नयाँ सरकार बने लगत्तै ऊ चुन्ताईलाई फिर्ता गरी नयाँ राजदूत पठाउने तयारी विदेश मन्त्रालयमा भइरहेको हो। नागरिक दैनिकमा समाचार छ ।
 
नयाँ राजदूतको नाम टुङ्गो लागिसकेको छैन तर दक्षिण एसिया मामिलामा अनुभवी कुटनीतिज्ञलाई काठमाडौँ पठाइने सम्भावना बढी रहेको बेइजिङस्थित स्रोतले जनायो। वर्तमान राजदूत चुन्ताई नेपालमा नयाँ सरकार गठन भए लगत्तै वा कम्तिमा दुई महिनाभित्र बेइजिङ फर्कने तयारीमा छन्।
 
चीनको विदेश मन्त्रालय अन्तर्गत बाह्य सुरक्षा मामिला विभागको उपनिर्देशक रहेका चुन्ताई जनवरी २०१३ मा नेपालको राजदूत नियुक्त भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ