arrow

घरभित्र मृतावस्थामा भेटिए श्रेष्ठ दम्पती, हत्या भएको आशङ्का

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
woman-dead-body.jpg

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र मृतावस्थामा भेटिएको एक दम्पतीको लुटेरा समूहले सोमबार राति हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोले सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको लुटेरा समूहले आर्थिक प्रलोभनमा परेर हत्या गरेको हुनसक्ने बताए ।

“घटनाका प्रकृति हेर्दा मृतक दम्पतीलाई हत्या गरिसकेपछि उहाँहरुको सुत्ने कोठामा गएर केही खोजेको जस्तो देखिन्छ ।” सापकोटाले भने, “केही लग्यो कि लगेन भन्ने कुरा भने अझै खुल्न सकेको छैन ।”

सोमबारको घटना मंगलबार बिहान थाहा पाएपछि अहिले प्रहरीले तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरेको थियो । घरमा नै चिया पसल सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीले मदिरासमेत बिक्री गर्दै आएका पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले चार-पाँच जनाको समूहलाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले शव परीक्षण गर्ने तयारीमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सापकोटाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ