arrow

भारतमा बस्ने नेपालीद्वारा विद्यालयको शैक्षिक बिकासका लागि आर्थिक सहयोग

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
sahayog9.jpg

कैलाली । भारतमा रहेका नेपालीद्वारा जिल्ला स्थित एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । अछामको मंगलसैन नगरपालिका वडा नम्बर-१३ बाँडा स्थित यसोधरा आधारभूत विद्यालयको शैक्षिक स्तर उन्नतिका लागि सहयोग गरिएको हो । विद्यालयको मावि तहको कक्षा संचालनका लागि आर्थिक सहयोग गरिएको प्रअ लालबहादुर धामीले जानकारी दिए ।

सोही ठाँउमा बसोबास भइ हाल भारतमा ज्याला, मजदुरीमा गर्दै आएका ५० जना अभिभावकले नगद सहयोग गरेको प्रअ धामीले बताए । जिल्लामै विकट मानिने उक्त विद्यालयको बिकासका लागि हालसम्म २ लाख ५० हजार रकम संकलन भएको उनले बताए ।

वि.स. २०३२ सालमा स्थापना भएको विद्यालयमा अहिले ३ सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्रावि तहमा ३ जना स्थायी, १ जना राहत दरबन्दी र निमावि तहको राहत कोटामा १ जना शिक्षक कार्यरत छन् ।

यसैगरी, नगरपालिकाको अनुदानमा १ जना, बालबिकासमा १ जना, कार्यालय सहयोगी १ जना र विद्यालयको आन्तरिक स्रोतबाट १ जना गरि जम्मा १० जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ धामीले जानकारी दिए ।

" विद्यालयको आर्थिक, भौतिक र शैक्षिक बिकासका लागि हामी सहयोग गर्छौं । ल आउनुहोस् भनेपछि यो अभियानमा लागिएको हो ।- प्रअ धामीले भने ।" सबैले सक्दो सहयोग गरिरहनुभएको छ । विद्यालय र बालबालिकाको भविस्य निर्माणमा अभिभावकको चासो र चिन्ताले मलाईपनि काम गर्न अझै उत्साह मिलेको छ । विद्यालयलाई आगामी दिनमा मावि तहको पठनपाठन गर्ने उद्देश रहेको उनको बताए ।

यस्तै, आफ्नो जन्मभूमि र प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालय भएकाले यो अभियानका आफूले पनि सहयोग र समन्वय गरिरहेको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर-२ का सदस्य सिद्धराज ढुंगानाले बताए ।

विद्यालयका लागि गरिएको आर्थिक सहयोगको सही सदुपयोग हुने अपेक्षा रहेकोे समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ