arrow

१६ गाँउलेलाई बहुला स्यालले टोक्यो, गाउँ आतंकित

logo
महेश सिंह ,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
sayal.jpg

सिरहा । सिरहाको लहान नगर पालीका वाडा नम्बर ४ मा मंगलबार बिहान बहुला स्यालले गाउँका १६ जनालाई  एकै दिनमा टोकेपछि पुरै गाउँ नै आतंकित भएका छन् ।

सिरहा र सप्तरीको सिमाना  पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बहुला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोकेपछि गाउँ नै त्रसित भएका हुन् ।

एका बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागि घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बहुला स्यालले  टोकेपछि दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।

घाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर , ५ वर्षिय मो. रेहान , ५५ वर्षिय गुलाब देबि महतो छन् । समान्य  रहनेमा संन्जु देबि महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार  दास लगायतका ब्यक्तीहरु रहेका वाडा अध्यक्ष रामनाथ पण्डितले बताए छन् ।

ईलाका प्रहरी कार्यालय लहानका डि.सपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डि.सपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ