arrow

अरुणाको कप्तानीमा एशियन कन्फेडेरेशन कप खेल्ने नेपाली टोलीको घोषणा    

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
volleyball.jpg.jpeg

काठमाडौँ । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ ।     
     
कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट नेपालले सेन्ट्रल जोनका लागि १२ खेलाडी छनोट गरेको हो । थाइल्यान्ड भ्रमणको दौरान गरेको प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।  
     
छनोट गरिएका अन्य खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । 

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने छ ।

सङ्घले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीलाई थाइल्यान्डमा १९ दिन प्रशिक्षणका लागि पठाएको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ