arrow

 यी हुन् साकेलाका उम्मेदवार 

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
Sakela_Gaunpalika.png

खोटाङ । साकेला गाउँपालिका–३ खिदिममा वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा तीन दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।     
     
तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि सो स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्व मणिकुमारकी श्रीमती शिवकला राईलाई वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ । नेपाली काङ्ग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

तीनवटै राजनीतिक दल प्रचारप्रसारमा जुटेका छन् । निमोनियाका कारण वडाध्यक्ष ३९ वर्षीय राईको गत वैशाख ९ गते निधन भएको थियो । उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटोमा निधन भएको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ