arrow

विनोद खन्ना जस्तै कान्छा छोरा पनि बने संन्यासी, पूनम पाण्डेसँग थियो अफेयरको चर्चा

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
binod-khanna-son.jpg

काठमाडौं । स्व बलिउड अभिनेता विनोद खन्नाका छोराहरू अक्षय खन्ना र राहुल खन्नालाई धेरैले चिन्छन्, तर उनको तेस्रो छोरा साक्षी खन्नाको बारेमा थोरै मात्र थाहा हुन सक्छ। करिब २ बर्ष अघि साक्षी खन्नाले पनि आफ्नो प्रोडक्सन हाउस खोलेका थिए तर अब उनले आफ्नो बुबा विनोद खन्नाको मार्ग अनुसरण गर्ने निर्णय गरेका छन् ।

वेबसाइट स्पटब्वइका अनुसार साक्षी खन्ना पनि ओशोको भक्त भइसकेका छन। स्रोतका अनुसार साक्षी केही महिना अघि ओशोको आश्रममा पुगेका थिए । विनोद खन्नाले सन् १९९० मा  कविता खन्नासँग विवाह गरेका थिए जसबाट उनका एक छोरा साक्षी र एक छोरी श्रद्धा छन्।

करियरको शिर्ष स्थानमा रहेको बेला विनोद खन्नाले हिन्दी सिनेमाबाट टाढा जाने निर्णय गरेका थिए। ७० को दशकको अन्ततिर, विनोद खन्ना ओशो (आचार्य रजनीश) बाट प्रभावित थिए र रजनीश आश्रममा संन्यासी बने ।

केही वर्ष अघि २८ बर्षीय साक्षी खन्नालाई संजय लीला भन्सालीले  लन्च गर्न लागेको समाचार बाहिरिएको थियो । साक्षी फिल्म 'बाजीराव मस्तानी' मा संजय लीला भन्सालीका सहायक निर्देशक थिए। यसपछि भन्सालीले उनलाई लन्‍च गर्ने चर्चा चल्यो तर लामो समय पछि पनि कुनै प्रोजेक्ट बाहिर आएर ।

यस बाहेक, साक्षी अफेयरको कुरालाई लिएर पनि चर्चामा थिए। उनको पूनम पाण्डेसँग अफेयरको रहेको बताइन्छ । दुबै हिड्दा र भोजमा धेरै पटक साथै देखा परेका थिए, यद्यपि दुबैले यस बिषयमा मुख खोलेनन् । २०११ मा साक्षी रेव पार्टीमा पक्राउ परे।  त्यस समय उनले लागूपदार्थ सेवन गरेको अस्वीकार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ