arrow

तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
afghanistan-map-geo.jpg

मजार–ए–सरिफ। अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन्। स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको जानकारी दिए। फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेड सहित बिहान करिब ४ बजे आक्रमण गरेका थिए।

फरहादले तालिबान विरुद्ध सुरक्षाफौजले जवाफी कारबाही गरेको जानकारी दिए। यसक्रममा केही सुरक्षाकर्मी घाइते भएका छन्। अफगान फौजको कारबाहीमा धेरै तालिबान बिद्रोहीको पनि मृत्यु भएको अनुमान गरिएको छ। 

सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ। खासगरी अफगान सुरक्षाफौजले विद्रोही विरुद्ध कारबाही तिब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ