arrow

सुर्योदय नगरपालिकाले हान्यो युवाको पेटमा लात

logo
प्रकाशित २०७६ कार्तिक २० बुधबार
suryodaya-nagarpalika.jpg

इलाम । समृद्धिका चर्का कुरा गर्ने सुर्योदय नगरपालिकाले स्वरोजगार बन्न कम्बर कसेर लागेका युवाहरुको रोजगार बन्ने सपनामा प्रहार गरेको छ । पाँच लाख भन्दा माथी कर्जा दिएर अटो खरिद गरेका युवाहरुको अटो प्रहरी लगाएर पक्राउ गरेपछि युवाहरुको स्वदेशमै गरिखाने सपना भत्किएको हो ।

सुर्योदय नगरपालिका वाड न ११ का रविन आचार्य ३ बर्ष कतार बसेर पसिना वगाए । उनले त्यहाँ कमाएको रकमले काम दिएन । उनी घर फर्के र बैकबाट ६ लाख कर्जा निकालेर अटो खरिद गरे । मासिक कित्तामा अटो किनेका उनको अटोलाई नगरले प्रहरी लगाएर चार दिन अघि पक्राउ गर्यो । उनी अहिले न्यायका लागि सूर्योदय नगरपालिकाको ढोका कुरीरहेका छन् । उनको अटो चार दिनदेखि प्रहरी चौकी फिक्कलमा थन्किएको  छ ।

नगरपालिकाले रुटको अनुमति नदिएपछि उनी जस्तै विदेशबाट फकिएका आठ जनाको अटो अहिले प्रहरीले पक्राउ गरेको छ । विदेशबाट फर्कीएका युवाहरुले वित्तिय सस्थाबाट ऋण लिएर सञ्चालन गरेको अटो पक्राउ गरेपछि संकटमा परेको ९ बर्ष कतार बसेर फर्केका भेषराज आचार्यले बताए । उनले स्वरोजगार बन्न स्थानीय युवाले गरेको प्रयासमा नगरपालिकाले अबरोध गरेको गुनासो गरे ।

सूनपा ९ का राम कट्टेलले स्थानीय सरकारले अनुमती नदिए आमरण अनसन बस्ने बताए ।  नगरपालिकाको सुशासन समितिका संयोजक टेक बहादुर राईले मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले अटोको रुट पर्मिट नदिने निर्णय गरेको बताए । मेयर रण बहादुर राईले अघिल्लो नगर सभाको निर्णय अनुसार रुट पर्निट नदिने निर्णय गरेको जानकारी दिए ।
 
स्थानीय उपभोक्ताहरुले नगरको निर्णयले स्थानीयलाई प्रभावित गरेको बताए । सुर्योदय नगरपालिकाका भेषराज भट्टराईले नगरको निर्णयले  नागरिकले दुख पाएको बताए । नगरको निर्णयले युवाहरुलाई विस्थापीत गरेर विदेश पठाउन प्रयास गरेको विताए ।

अटो पक्राउ गरेपछि युवाहरुले दैनिक पाँच हजारका दरले आय गुमाएको जनाएका छन् । उनीहरुले दैनिक एक हजार सम्म किस्ता तिर्नेगरी ऋण लिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ