arrow

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ अस्पतालबाट डिस्चार्ज

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
nawaj-sarif.jpg

लाहोर, पाकिस्तान। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट घर लगिएको छ। सर्भिस इन्स्टीच्यूड अफ मेडिकल साईन्स (सीआईएमएस) मा केही हप्तादेखि उपचार गराइरहेका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको हो।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई गत अक्टोबर २२ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो। उनको रगतमा समस्या रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। सरिफको पार्टी पाकिस्तान मुस्लीम लिग—नवाज (पीएमएल—एन) का प्रवक्ता मारियाम औराङजेबले जारी गरेको वक्तव्यका अनुसार सरिफको निजी निवासमा अति सघन कक्ष (आईसीयू) को व्यवस्था गरेर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

उनले सरिफका लागि घरमै चिकित्सकको समेत व्यवस्था गरिएको तर भेटघाट गर्न भने नदिइने भएको पनि जानकारी दिए। रोग थप बढ्न र बल्झिन सक्ने सम्भावना भएकाले चिकित्सकहरुको विषेश टोली नै बनाएर खटाइएको र अरूलाई भने भेट्न नदिइने व्यवस्था गरिएको चिकित्सकहरुलाई उद्धृत गर्दै प्रवक्ता औराङबेजले बताए।

भ्रष्टाचार गरेको ठहरसहित अदालतको आदेशमा कारागारमा रहेका सरिफलाई स्वास्थ्यस्थीति गम्भीर भएपछि उपचार प्रयोजनका लागि अस्पताल लगिएको थियो।

अस्पताल लगिएको केहीदिनपछि गत अक्टोबर २९ तारिखका दिन इस्लामाबादको उच्च अदालतले सरिफलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ