arrow

च्याम्पियन्स लिगका नौ खेल २९ गोल

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति नौ खेल भएका छन् । २९ गोल भएको छ । 

समूह ए को खेलमा पेरिस सेन्ट जर्मेनले क्लब ब्रागलाई १–० गोल अन्तरले हरायो । माउरो आइकार्डीले गोल गर्दै पिएसजीलाई जिताउँदा ७६ औं मिनेटमा एमबाये डायग्नेले पेनाल्टी मिस गर्दा ब्रागले बराबरी गर्न सकेन । 

यही समूहको अर्को खेलमा रियाल मड्रिडले गालातासारेलाई ६–० गोल अन्तरले पराजित गर्यो । स्पेनिश रियाललार्य यति ठूलो फराकिलो अन्तरले पराजित गर्ने क्रममा युवा खेलाडी रोड्रिगोले ह्याट्रिक गरे । सर्जियो रामोस र करिम बेन्जेमाले १–१ गोल गरे । 

यो खेलपछि पिएसजी १२ अंकसहित शीर्ष स्थानमा, रियाल ७ अंकबाट दोस्रो, ब्राग २ अंकबाट तेस्रो र गालातासारे १ अंकबाट पुछारमा छ । 

यस्तो छ अन्य समूहको नतिजा–
समूह बीबाट बायर्न म्युनिख २–० ओलम्पियाकोस
भेज्दा ०–४ टोटनह्याम हट्सपर (ह्युङ मिन सन –२ गोल)
समूह सीबाट एटलान्टा १–१ म्यान्चेस्टर सिटी (रहिम स्टर्लिङ)
डाइनामो जाग्रेब ३–३ शक्तार दोनेस्क
समूह डीबाट लोकोमोटिभ मस्को १–२ युभेन्टस (आरोन रामसे, डगलस कोस्टा)
बायज लिभरकुजेन २–१ एथलेटिको मड्रिड
समूह एफबाट गुइमारेज १–१ आर्सनल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ