arrow

पर्यटन बोर्डको सीईओका लागि तीव्र चलखेल, दिपक जोशीलाई कुन्दन शर्मा तगारो

योगेश भट्टराईको सचिवालय व्यापक चलखेलमा

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
yogesh-bhattrai-deepak-joshi.jpg

काठमाडौं। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिको लिगलिगे दौड सुरु भएको छ। पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको कार्यकाल २०७६ पुस ७ मा सकिने भएकाले नयाँ सीईओ नियुक्ति हुने दौड सुरु भएको हो।

जोशीको ४ बर्षे कार्यकाल सकिएपछि उनी पुनः नवीकरण भएर आउन खोजिरहेका छन्। पुनः एक कार्यकाल सीईओ हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका निकटहरुसँग उनले लबिङ गरिरहेका छन् भिजिट एयर २०२० मा २० लाख पर्यटक भित्र्याउने प्रतिबद्धता पर्यटन मन्त्रालयको छ।तर बोर्डको नेतृत्व मन्त्री भट्टराईको स्पीरिट अनुसार नभएको महसुस उनले गरिरहेका छन्। उनी पुनः विज्ञापन गरी नयाँ ब्यक्तिलाई जिम्मेवारी दिने सोचमा रहेको बताइन्छ।

जोशी जनसम्पर्कमा नरहने अन्तरमुखी स्वभावका छन्। उनी कसैको फोन समेत रिसिभ गर्दैनन्। जो मन्त्री हुन्छ उसको सचिवालयका कर्मचारीसँग नजिक रहँदै सत्तारुढ दलका पर्यटन हेर्ने नेताहरुले भने अनुसारका बोर्डका काम दिनेमै उनी सीमित छन्। उनले पुनः नवीकरण हुनका लागि मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईकी श्रीमती भूमिका पौडेललाई पर्यटन बोर्डमा जागिर लगाइदिएका छन्।

मन्त्री भट्टराईका निजी सचिव दीपक थापा र प्रेम गुरागाईंमार्फत् उनी मन्त्री भट्टराईलाई प्रभावमा पारी सीइओमा निरन्तरता पाउन खोजिरहेका छन्।

मन्त्री भट्टराईले बोर्डमा नयाँ नेतृत्व ल्याउन खोजिरहेको बेला जोशी भने भिजिट नेपाल २०२० सफल बनाउन पनि आफूलाई एक कार्यकाल नवीकरण गर्न आग्रह गरिरहेका छन्। बोर्डको आर्थिक बर्ष २०७६–०७७ मा छुट्याइएको डेढ अर्ब बजेटमा पर्यटन प्रबद्र्धनका नाममा २० प्रतिशत नै चलखेल गर्न पाउँदा पनि करोडौं कमाइ हुने भएपछि जोशी जसरी पनि निरन्तरता पाउन साम दाम नै प्रयोग गरी लागेको आरोप छ। सीइओ हुनका लागि उनले पर्यटन क्षेत्रका बिचौलियाहरुसमेत परिचालन गरेको पर्यटन व्यवसायीहरु बताउँछन्।

जोशीले बोर्डमा निजी क्षेत्रबाट नियुक्त भएका पाँचै जना सदस्यलाई आफ्नो पक्षमा पारेको स्रोतले बताएको छ। बोर्ड सदस्य पम्फा धमला, विप्लव पौडेल, दीपक महत, कृष्णबहादुर महरा, अवधेश झालाई आफूलाई एक कार्यकाल नवीकरण गराउन सहमत गराएर जोशीले परिचालन गरेका छन्। पौडेल र धमला बाहेक अरुको पर्यटन ब्यवसाय राम्रो छैन। बोर्डकै दोहन गरी जीवीकोपार्जन गरेकाले उनीहरु जोशीलाई निरन्तरता दिनुपर्ने पक्षमा बाध्य भएका हुन्। झालाई प्रिन्टिङको ठेक्का समेत दिइएको छ। अरुलाई पनि कुनै न कुनै लाभ हुने काम दिएर आफ्नो पक्षमा परिचालन गरेका छन्।

बोर्डकै बरिष्ठ अधिकृत कुन्दन शर्मा भने सूचना नै निकालेर नयाँ सीईओ छनोट गर्नुपर्ने पक्षमा छन्। उनी पनि सीइओ हुने दाउमा छन्। झापाका भएकाले उनी प्रधानमन्त्री केपी ओलीसँग पनि कनेक्सन मिलाएर नियुक्ति खाने दाउमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ