arrow

गांगुलीले आइपीएलको उद्घाटन गर्न किन रोक्न खोजे ? 

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
ipl-cricket.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले विश्वकै सबैभन्दा महंगो इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको उद्घाटन नहुने जनाएको छ । 

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीको नयाँ सोच अनुसार आइपीएलको उद्घाटन केबल फजुल खर्च मात्रै हो । आइपीएलको उद्घाटनका लागि छुट्टाइएको रकम कुनै राम्रो कामका लागि खर्च गरिने बीसीसीआईले जनाएको छ । 

गत फेब्रुअरीमा जम्मू–कश्मीरको पुलवामा भएको आतंकवादी हमलामा ४७ भारतीय सुरक्षाकर्मी मारिएपछि आइपीएलको उद्घाटन रद्द गरिएको थियो । 

उक्त उदघाटनको निर्धारित बजेट सुरक्षा बललाई दिइने बताइएको छ । 

बीसीसीआईका एक अधिकारीले इन्डियन एक्सप्रेसलाई दिएको जानकारी अनुसार आइपीएलको उद्घाटन यसपटक पनि हुने छैन । उक्त खर्चको रकम राम्रो काममा सघाइने छ । 

आइपीएलको उद्घाटनका लागि मात्रै झण्डै ३२ करोड रुपैयाँ खर्च हुँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ