arrow

भारतीय राजदुतसँग सभापति देउवाको टेलिफोन संवाद

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
deuba13.jpg

कांग्रेस ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा ध्यानाकर्षण जनाएका छन् ।  

देउवाले बिहिबार भारतीय राजदुत पुरीसंग यसबारेमा टेलिफोन संवाद गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । टेलिफोन संवादमा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उनले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्य स्मरण गराएका छन्  ।

भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै कांग्रेसका प्रवक्ताले ट्विट मार्फत तत्कालै औपचारिक धारणा सार्वजनिक गरेका थिए ।   कांग्रेसले  कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेको तथ्यमा र कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ ।

प्रवक्ता शर्माले भने,'यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ