- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय क्रिकेट कप्तान रोहित शर्माले कप्तानी इनिङ खेल्दै भारतलाई जिताएका छन् । राजकोटमा बंगलादेश विरुद्धको दोस्रो टी–२० क्रिकेटमा रोहितले ४३ बलमा ६ छक्का र ६ चौकाको मद्दतले ८५ रन बनाएर टिमलाई जिताएका हुन् ।
रोहितले एक सयौं खेल खेलेका हुन् । उनले १०० औं टी–२० मा १८ औं हाफ सेन्चुरी पनि हानेका छन् । यो उनको दोस्रो तीव्र गतिको अर्ध सतक पनि हो ।
उनले २३ बलमा अर्धसतक बनाएका थिए । यसअघि सन् २०१६ मा उनले वेष्ट इन्डिजविरुद्ध लाउडरहितमा २२ बलमा अर्धसतक पुरा गरेका थिए ।
सयौं टी–२० खेल्ने रोहित भारतका एक्ला पुरुष खेलाडी हुन् । उनीपछि महेन्द्र सिंह धोनीले ९८ खेल खेलेका छन् । महिलातर्फ हरमनप्रित कौरले १०० खेल खेलिसकेकी छिन् ।
१५४ रनको लक्ष्य भारतले १५.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो । शिखर धवनले ३१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको नोक्सानीमा १५३ रन बनायो ।
मोहम्मद नैमले ३६ रन बनाए । कप्तान महमुल्लाह र सौम्य सरकारले ३०–३० रन बनाए । युजभेन्द्र चाहालले २ विकेट लिए ।
यो जितपछि ३ खेलको सिरिजमा भारतले १–१ को बराबरी गरेको छ । पहिलो खेल बंगलादेशले ७ विकेटले जितेको थियो । बंगलादेशले टी–२० का त्यसअघिका सबै ८ खेल भारतसंग हारेको थियो । तेस्रो खेल नागपुरमा आइतबार हुनेछ ।