arrow

ट्रम्प फन्दामा, २० लाख डलर भुक्तानी गर्न अदालतको निर्देशन 

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
trump13.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिनानुदिन फन्दामा पर्दै आएका छन् । उनीलाई अमेरिकाको एउटा अदालतले २० लाख अमेरिकी डलर दुरुपयोग गरेको निष्कर्ष निकाल्दै उक्त रकम भुक्तानी गर्न निर्देशन दिएको छ । 

सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त रकम गैरकानुनी भएको भन्दै ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको हो ।

ट्रम्पले आफ्ना छोराहरुको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको अदालतको ठहर हो । 

परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने तर्क गर्दै न्यायाधीशहरुले उक्त रकम आफैले तिर्नुपर्ने बताएका हुन् । 

ट्रम्पले भने अदालत पूर्वाग्रही भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ