arrow

दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
small-aircraft.jpg

लस एन्जलस। अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ। उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ। उक्त विमान आवासीय भवनको छतमा खसेको थियो। विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु सो क्षेत्रमा तत्कालै पुगेका थिए। उक्त विमान अपल्याण्डको केबल विमानस्थलबाट उडेको थियो।

प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन्। त्यस घरमा एकजना पुरुष र उनको छोरा बसेका थिए। विमान छतमा ठोक्किएपछि उनीहरु भने भाग्न सफल भएको स्थानीय टेलिभिजनले जनाएको छ।

एकमात्र इन्जिन भएको सो विमान एसआर २२ नामको सानो विमान हो। उक्त विमानको दुर्घटनाको कारण भने पत्ता लागेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ