arrow

को हुन् राजमोका शाही र कांग्रेस उम्मेदवार शेरचन ?

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
sahi-serchan.jpg

बागलुङ । बागलुङ क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम गठबन्धनले तालमेल गरेको छ । चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा हुन् ।  

कांग्रेसले जीतबहादुर शेरचनलाई पुनः उम्मेदवार बनाएको छ । कांग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त हुन् । “गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन”, उनले भने, “अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।”

राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुन् । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनि राजमोका पाका र विश्वासिला नेता मानिन्छन् ।

राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ”, उनले भने, “सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।” उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । अव्यवहारिक र महत्वकाङ्क्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको भनाइ छ ।

यस्तै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शेरचन विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा आवद्ध हुन् । ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी सङ्घको तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए । कांग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । शेरचनलाई नेपाली कांग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो ।

 विसं २०७४ को चुनावमा वाम तालमेलको सामना गर्नुपरेको थियो ।   सो चुनावमा कांग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए। घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ