arrow

वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली वन्यो : महर

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
mahar1.jpg

काठमाडौं । नेबिसघंका निवर्तमान अध्यक्ष नैनसिहं महरले वर्तमान सरकार बिदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाएका छन् । नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा बोल्दै नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलिय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताएका छन ।

लिपुलेक त्रिदेशिय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोरबाटो बाट सम्झौँता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ, नेता महरले रुष्ट हुदैं भने ।

नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने बताए । वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर बिद्यार्थीबाट असुलिएको थप शुल्क समेत फिर्ता गर्न सरकार भागिरहेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ