arrow

उद्योगी ज्योतीको गिरफ्तारीप्रति चेम्बरको आपत्ति

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
ncc1.jpg

काठमाडौं ।  ज्योती समुहका रुप ज्योती र उनकी छोरी सुरुचीलाई गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

 नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक कैलाशकुमार बजिमयले विज्ञप्ति जारी गर्दै लामो समयदेखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

बजिमयले विज्ञप्तिमा अपराधनै प्रमाणित नभई केवल उजुरीको भरमा,  आफ्नो भ्रमण पूरा गरी विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट रुपज्योतीलाई उनकी छोरी सुरुची सहित पक्राउ गरिएकोले निजी क्षेत्र मर्माहित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,' देशमा ठूला लगानी गरेको र नियमित रुपमाउल्लेखनिय राजश्व योगदान गरी रहेका उद्यमी-व्यवसायीलाई अमर्यादितव्यवहार गरिदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानी मैत्री वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न जानेछ ।  कानून परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी-व्यवशायीलाई सम्मानजनक व्यवहार होस् भन्ने तर्फ चेम्बर सम्बन्धित निकायसँग विशेष अनुरोध र आग्रहगर्दछ ।'

ठगीको आरोपमा पक्राउ परेका ज्योती र उनकी छोरी सुरुचीलाई हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार तीन दिनको अनुमती दिएको छ।   रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएको आरोप छ।

रुप ज्योती हाउजिङ ठगी प्रकरणमा परेका हुन्। स्याकार कम्पनीका मालिक समेत रहेका ज्योती अनेक कम्पनीका मालिक समेत रहेका छन्।

ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौं रुपैयाँ ठगी गर्दै आएका ज्योतीलाई पिडित विजेन्द्रमान श्रेष्ठको उजुरीमा पक्राउ गरिएको हो। ज्योतीले  श्रेष्ठलाई १ करोड ३६ लाख ठगी गरेको आरोपमा छ।

रुप ज्योतीलाई छोरी सहित थप तीन दिनको हिरासत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ