arrow

रेखा खुलेपछि पोस्टर देखेर हलसम्म पुगे दर्शक

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
rekha1.jpg

काठमाडौं ।  करियरको सुरुवातमा  फिल्म प्राप्त गर्न धेरै पटक स्टारहरूले बी-ग्रेड फिल्महरूको सहारा लिनुपर्छ। बलिउडमा यस्ता कयौ सेलीब्रेटीहरू छन् जसले बी ग्रेड फिल्महरूमा काम गरेका छन्। ती मध्ये एक हुन् बलिउडकी सुन्दर अभिनेत्री रेखा । रेखाले आफ्नो करियरको शुरुवात फिल्म 'सावन भादो' बाट गरेकी थिइन, यो उनको पहिलो हिट फिल्म पनि हो, तर 'प्राण जाए पर वचन न जाए' पनि यस्तो फिल्म थियो जसमा रेखा धेरै दृश्यमा नग्न देखिएकी थिइन् ।

यो लगभग बी ग्रेड फिल्म थियो, चलचित्रमा  सुनील दत्त मुख्य भूमिकामा थिए । चलचित्रमा एक्सपोज गरेकी रेखाको पोस्टर देखेर सो समय खैलाबैला मच्चिएको थियो । दर्शक रेखालाई हेर्न मात्र सिनेमाघर पुगेका थिए। रेखा फिल्ममा  तवायफको भूमिकामा थिइन् । रेखाको पोखरीमा नुहाउने र कपडाहरू बिना बाहिर आउने दृश्यले धेरै चर्चा बटुलेको थियो । यो फिल्म हेर्नको लागि चलचित्र हलमा लामो लाइन लागेको थियो।

परिवारको स्थिति ठिक नहुनाको कारण उनले कम उमेरमा काम गर्न शुरू गरिन् । शुरुका दिनहरूमा रेखाले तमिलमा केही बी-ग्रेड फिल्महरूमा पनि अभिनय गरेकी थिन्। बलिउडमा, रेखा पनि 'कामसूत्र' जस्ता कामुक फिल्महरूको एक हिस्सा पनि छ । वास्तवमा यो फिल्म यस्तो समयमा आयो जब त्यस्तो दृश्यहरू ज्यादै साहसी मानिन्थ्यो। तर रेखाले सधैं प्रमाणित गरिन् कि उनी सबै प्रकारका भुमिकामा फिट हुन सक्छिन्।

'प्राण जाए पर वचन न जाए' एस अली राजाले निर्देशिन गरेका हुन् । यो फिल्म रतन मोहनले निर्माण गरेका हुन् । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्‍यो। यस फिल्ममा प्रसिद्ध खलनायक रंजीत पनि अभिनय गरेका थिए ।

तर रेखाले पहिलो बलिउड फिल्ममा नै यौन शोषणको सामना गर्नुपर्‍यो। जसकारण धेरै वर्षपछि चलचित्र रिलीज भएको थियो। फिल्म 'अन्जना सफार' को सुटिङको क्रममा उनी एक दिन फिल्मको रोमान्टिक गीत सुटिङ गर्न पुगेकी थिइन ।  निर्देशकले जसै एक्शन भने फिल्मका प्रमुख अभिनेता विश्वजीतले उनको ओठमा किस गर्न सुरु गरे । सो चुम्बन लगभग ५ मिनेटसम्म चलेको थियो । यसलाई चर्चित पत्रिका 'लाइफ' ले चर्चाको बिषय बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ