arrow

एसेक्समा मृत भेटिएका ३९ भियतनामीको सनाखत

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
39-dead-body-london.jpg

लण्डन। गत महिना लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा मृत भेटिएका सबै भियतनामी नागरिकको सनाखत भएको बेलायतको प्रहरीले शुक्रबार जनाएको छ। मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अधिकांश युवाहरूलाई रहेका थिए। रोजगारीको प्रलोभनमा बेलायत लाने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको थियो। उनीहरू अक्टोबर २३ मा एसेक्सको एक पार्कभित्र मृत भेटिएका थिए। 

मानव तस्कर गर्न खोजेको आशंकामा लरी चालक आयरल्यान्डका नागरिकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ। उनी पक्राउ परेको दुई साता बित्दा पनि प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन। 

सो विषयमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठजनालाई पक्राउ गरेको छ। लरीमा मारिएकामध्ये ३१ पुरुष र आठ महिलाको रहेको बेलायती अधिकारीले जनाएका छन्। मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ