arrow

इरानले यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पुर्‍याउने

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
uranium.jpg

तेहरान। इरानले अब यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पुर्‍याउने भएको छ। सम्झौतामा इरानको यूरेनियम प्रशोधन क्षमतालाई ३.६७ प्रतिशतमा झार्नुपर्ने सीमा तोकिएको थियो। वासिङ्टनले एकतर्फी रूपमा सम्झौता तोडेको र इरानमाथि आर्थिक नाकाबन्दी कडा पारेको भन्दै आफूले अव उप्रान्त यसलाई मान्न बाध्य नहुने घोषणा गरेको हो।

इरानको आणविक शक्ति सङ्गठनका प्रवक्ता बेहरूज कमालवन्दीले शनिबार भने, “हाम्रो आवश्यकता अनुसार र हामीलाई आएको माग अनुसार यूरेनियमको उत्पादन (प्रशोधन) लाई पाँच प्रतिशत पुर्‍याएका छौँ।”

अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा इरानले यूरेनियमको प्रशोधनलाई घटाउने सहमति भएको थियो। तर अमेरिकाले उक्त सम्झौताबाट फिर्ता भएको घोषणा गर्दै इरानमाथि सन् २०१५ पहिले लगाइएका प्रतिबन्धलाई निरन्तरता दिएको थियो।

अमेरिकी ट्रम्प प्रशासनले इरानसँगको सम्झौताबाट अमेरिकालाई घाटा भएको दावी गर्दै पुनः नयाँ सम्झौता गनुपर्ने धारणासहित हाल इरानविरूद्ध कडा नीति अवलम्बन गरेको छ। अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्धहरू लगाएर नयाँ सम्झौताका लागि तयार बन्न दवाब दिँदै आएको छ।

तर इरानले अमेरिकी कदमको विरोध गर्दै सम्झौता अनुरूप अमेरिका अघि बढ्नुपर्ने बताउँदै आएको छ। यसका लागि इरानले सम्झौतामा हस्ताक्षर गरेका अन्य शक्ति राष्ट्रहरूलाई सम्झौता कार्यान्वयनका लागि आग्रह गर्दै आएको छ। 

इरानले सम्झौता कार्यान्वयनमा नआए आफूले मात्र यसलाई पालना गर्न बाध्य नहुने जिकिर गर्दै सम्झौताबाट क्रमशः फिर्ता हुने जनाउँदै आएको थियो। यसै प्रसङ्गमा इरानले आफ्नो यूरेनियम सङ्कलन क्षमतालाई पाँच प्रतिशत पुर्‍याउने बताएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ