arrow

नारूहितोको गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सवको आयोजना

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
japan-king-new.jpg

टोकियो। जापानका सम्राट नारूहितोको गद्दी आरोहणको खुशियाली मनाउन शनिबार टोकियोस्थित ‘इम्पेरियल प्यालेस प्लाजा’ मा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा नर्तकी तथा प्रसिद्ध गायकगायिककाहरूले खुशियाली व्यक्त गर्दै आफ्ना प्रस्तुती गरेका थिए।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रम हेर्नका लागि करिब २० हजार पाहुनालाई आमन्त्रण गरिएको थियो भने १० हजार नागरिकले टिकट लिएका थिए। जापानका सम्राट नारूहितोको अक्टोबर २२ मा भएको गद्दी आरोहणपछि जापानी परम्परा अनुसार उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

जापानी झण्डा फहराउँदै सम्राट नारूहितालाई प्रत्यक्ष अभिनन्दन गरिरहेका दर्शकलाई सम्बोधन गर्दै आफूलाई वधाई दिन जम्मा भएका सवैप्रति आभार प्रकट गर्नुभएको थियो। कार्यक्रमलाई प्रधानमन्त्री सिन्जो आवे लगायतका उच्च अधिकारीहरूले सम्बोधन गरेका थिए।

जे–पप ग्रुप आरसीले कार्यक्रमका लागि तयार पारेका प्रस्तुतीद्वारा दर्शकलाई मनोरञ्जन दिनुका साथै सम्राट नारूहितोको सफलताका लागि कामना गरिएको थियो। त्यस्तै जापानी संस्कृति झल्किने नाच तथा सांस्कृतिक प्रस्तुतीले हलमा रहेका करीब ३० हजार दर्शकलाई कार्यक्रमस्थलमा मनोरन्जन प्रदान गरिएको थियो।

जापानी राजदम्पत्तीले आइतबार दरबारदेखि आफ्नो निवाससम्म करीब ४.६ किलोमिटर लामो दूरीमा हुने परेडमा सहभागिता जनाउनेछन्। अक्टोबर २२ मा राजगद्दी आरोहणसँगै गरिने गरी तय भएको परेडको कार्यक्रम जापानमा ८० जनाको ज्यान लिनेगरी आएकोे आँधी हगिबिसका कारण स्थगित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ