arrow

सिमानाका झुलाघाटमा घन्कियो स्वाभिमानको नारा

logo
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
simanaka.jpg

बैतडी ।भारतको नयाँ नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपाल- भारत सीमानाका बैतडीको झुलाघाटमा विरोध प्रर्दशन भएको छ । नेपाल विद्यार्थी संघ बैतडी र तरुण दल बैतडीले सीमानाका झुलाघाटमा बिरोध प्रदर्शन गरेको हो ।

दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ  नक्सामा समेटिएको भन्दै सीमाका बिरोध गरिएको नेबिसंघ बेतडीका अध्यक्ष कपिल केसीले जानकारी दिए ।  बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो जलाईएको तरुण दल बैतडीका प्रवक्ता महेश भट्टले बताए ।

राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप सहन सकिँदैन । बरु गोलि खान तयार छौ भन्दै  सिमानाकामा बिरोध प्रदर्शन गरिएको उनले बताए । सीमानाका झुलाघाटको बसपार्कवाट मार्चपास  सुरु गरी सीमानाका पुल नजिक बिरोध सभा गरिएको थियो ।

बिरोध सभालाई सम्बोधन गर्दै तरुण दल बैतडीका अध्यक्ष घनश्याम  भट्टले भारतले नेपालको सोझोपनको फाइदा उठाएको भन्दै तत्काल निर्णय सच्याउनपर्ने बताए ।  सीमाका बिरोधका क्रममा भारतीय बिस्तारबाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रै हो लगायतका नारा लगाइएका थिए  ।

नेपाली भूमी भारतले आफ्नो नक्सामा राख्दासमेत सरकार मुकदर्शक बनेको भन्दै सरकारको पनि बिरोध गरेका थिए । यसका साथै भारतले गरेको यस निर्णयप्रति नेपाल सरकारले गम्भिर भएर कुटनितिक रुपमा समस्या समाधान गर्नुपर्ने माग गरिएको छ ।

सांकेतिक रुपमा गरिएको बिरोध प्रर्दशनलाई कमजोर ठानिए ठुलो मूल्य चुकाउनुपर्ने समेत चेतावनी दिईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ