arrow

पुराना त्यागी नेतालाई उम्मेदवार बनाएपछि दाङमा कांग्रेसको पक्षमा लहर

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
keshab-acharya.jpg

श्रीगाउ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी माहोल बढन थालेको छ । दाङ क्षेत्र न ३ ख मा हुन गइरहेको निर्वाचनमा आ आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुराना ,त्यागी र जनआन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि कांग्रेसको पक्षमा सबै तह तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन ।

'यस पटकको निर्वाचनमा कांग्रेसको बिजय सुनिश्चित छ हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौ ।' कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले भने,– 'नेपाली कांग्रेसले “पश्चिम दाङले यस पटक पाको, मेहनति र बिकासको भिजनसहित गाउँ गाउमा भिजेको नेतालाई उम्मेदवार बनाएको छ, यस पटक हाम्रो जित सुनिश्चित छ ।'

यता आइतबार नेपाली कांग्रेसले पश्चिम दाङको शान्ति नगर गाँउपालिका स्थित जुम्लेकुला र एकलिमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार केशब आचार्यले आफु लामो राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्न सबैमा आह्वान गरे ।

उनले भने,'म कुरा भन्दा काम गरेर देखाउन आतुर छु,मलाई नेपाली कांग्रेस मात्रै हैन अन्य ठुला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भोट दिन आतुर छन् ।' कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव पुर्ब मन्त्री दिपक गिरिले दुई तिहाईको सरकार अब केही समयमै छिन्न भिन्न हुन लागेको बताए ।

नेता गिरिले भने,'जनतालाई ठुलो सपना देखाएर भोट माग्ने तर सरकारमा गैसकेपछि नातागोता र कार्यकर्ता लाई मात्रै भरण पोषण गर्ने नियत अब नेपाली जनताले राम्रोसँग बुझिसकेका छन ।'

सो अबसरमा नेता गिरिले कांग्रेसका पालामा पश्चिम दाङको सिचाइ ,बाटो,नहर ,पुल पुलेसा र समग्रमा बिकासको बहार ल्याएको दाबी गर्दै बिकास निर्माणका कार्य जनताको जीवन स्तरमा परिवर्तनको अनुभुति गराउन नेपाली कांग्रेसले जित्नै पर्ने धारणा राखे । कार्यक्रममा कांग्रेस दाङका पुर्व सभापति घनश्याम रेग्मी, क्षेत्रिय सभापति जगत बहादुर खड्का, महासमिती सदस्य खिम प्रसाद खराल लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा दाङ कांग्रेसका सबै  नेता,नेबिसंघ, तरुणदल, प्रेस युनियन,लगायत दर्जनबढि भातृ सङगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि तीन दुर्जन युवा तथा स्थानीय किसानहरु नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ