arrow

सीमा अतिक्रमणको विरोधमा राँके जुलुस निकाल्नेलाई प्रहरीको लाठी

राँके जुलुस निकाल्नेहरु प्रहरी हिरासतमा

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
nc-nsu-flag.jpg.jpeg

काठमाडौं। भारत सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा राखेको विरोधमा नेविसंघका विद्यार्थीहरुले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।  

आरआर क्याम्पस, नेपाल ल क्याम्पस, बिश्वभाषा र वाल्मीकि क्याम्पसका नेविसघंका विद्यार्थीहरूले आइतवार साँझ राँके जुलुस निकालेका थिए। 

सिमा मिचिएको बिरोधमा मशाल जुलुस निकाल्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा नेबिसंघका कैयन विद्यार्थी घाइते भएको निवर्तमान उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन।   

घाइतेहरुमा निबर्तमान उपाध्यक्ष सागर परियार, पकंज सुबेदी क्षेत्री, लक्ष्मी सिल्वाल र सिन्धुपाल्चोकका नेबिसंघका नेता प्रबिणजंग कार्की लगाएत छन् ।

प्रहरीले शैलेन्द्र शर्मा गौडेल, प्रेम शाही, पंकज सुबेदी क्षेत्री, संजिब ढकाल, लक्ष्मी सिलवाल, सुरज सैजुवाल, अनुराग शाह, मनिस खड्का, शिखर खड्का र बलराम ढकाल लगाएतलाई गिरफ्तार गरि महेन्द्र पुलिस क्लबमा राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ