arrow

भाजपालाई महाराष्ट्रमा शिव सेनाले दियो झड्का, मोदीलाई छोडेर उद्धवले समाते सोनियाको हात

महाराष्ट्रमा शिव सेनाको नेतृत्वमा सरकार बन्ने

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
modi7.jpeg

काठमाडौं। भारतीय सत्तारुढ गठवन्धन एनडीएमा विभाजन आएको छ। ३० बर्षदेखि एनडीएमा सँगै रहेको शिव सेनाले भारतीय जनता पार्टी भाजपालाई साथ छोड्दै वैचारिक रुपमा फरक कित्तामा रहेको कांग्रेस आइसँग मिलेको छ। 

१८ दिनअघी सार्वजनिक भएको महाराष्ट्रको चुनावी नतिजामा भाजपा ठूलो दल भएको थियो। भाजपाले १०५ सीट जितेको थियो। उसको सहयात्री दल ५६ सीट जीतेको थियो। युपिय गठवन्धनबाट एनसीपीले ५४ सीट हासिल गरेको थियो भने कांग्रेस आइले ४४ सीट जीतको थियो। महाराष्ट्रमा कुल २८८ सीट रहेकोमा सरकार बनाउन १४५ सीट आवश्यक पर्छ। 

अन्तिम नतिजा आउने वित्तिकै शिवसेनाले भाजपासँग आधा आधा समय मुख्यमन्त्रीको दावी गर्दै सरकार बन्ने कुरालाई अप्ठ्यारोमा पार्दै आएको थियो। 

आधा आधा समय मुख्यमन्त्री र राम्रो मन्त्रालयमा दावी गरेर त्यसमा सहमति नभए भाजपासँग सहकार्य नगर्ने चेतावनी दिएको शिवसेनाले अन्तत वैचारिक रुपमा फरक कित्ताको गठवन्धनसँग हात मिलाएको छ। 

शिव सेनालाई साम्प्रदायकि पार्टी भन्दै आएको धर्म निरपेक्ष भनेर दावी गर्दै आएका कांग्रेस आइ र एनसीपीले एनडीएबाट शिवसेनालाई फुटाउन उसैलाई सहयोग गर्ने भएको छ। 

भाजपा नेतृत्वको एनडीएएबाट शिवसेनालाई वाहिर ल्याउनुलाई सफलता ठानेको एनसीपी र कांग्रेस आइले उसलाई सरकारको नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने भएको छ। नत्र भाजपा भन्दा आधा कम सीट जीतेको शिव सेनालाई सरकार बनाउने महत्वाकांक्षा नआउने जानकारहरु बताउँछन्।

शिव सेनाले यस बीचमा एनसीपीका शरद पवार र कांग्रेस आइका सोनिया गान्धीसँग कुरा गरेको थियो। सरकार बनाउने अन्तिम दावा पेश गर्नु अघी फेरि शिव सेनाले सोनियासँग फेरि कुरा गर्ने बताइएको छ। 

सन् २०१४को विधानसभाको चुनावमा अलग अलग चुनाव लडेर सरकारमा सँगै गएकाभाजपा र शिव सेना यो पटक गठवन्धन बनाएर चुनावमा गएका थिए। गठवन्धनमा जाँदा भाजपाले पहिले भन्दा कम सीटमा चुनाव लडेको थियो जसका कारण पहिले भन्दा कम सीटमा चुनाव जीतेको थियो। यहि कुरा भाजपालाई अहिले घाटाको सौदा भएको छ।

गठवन्धनमा चुनाव लडेको शिव सेनाले मुख्यमन्त्री पदको लागि जनादेशको अपमान गरेको आरोप पनि लागेको छ। नत्र झण्डै दोहोरो सीट जीतेको भाजपालाई रक्षात्मक बनाएर उसले मुख्यमन्त्रीमा दावी गर्नुका साथै सत्रामा आधा आधा माग गर्ने थिएन भन्ने आरोप लागेको छ। 

महाराष्ट्रको राजनीतिक समिकरण बदलिएपछि केन्द्रीय मन्त्रीमण्डलमा शिवसेनाको तर्फबाट सहभागि मन्त्री अरविन्द सावन्तले राजिनामा दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ