arrow

'भारतको हेपाह प्रवृतिको अन्तर्राष्ट्रिय स्तरमा कुरा उठाउनुपर्छ'

logo
किरण न्यौपाने,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
minendra4.jpg

रंगेली । नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले कालापानीसहितको नेपाली भूभागलाई आफ्नो नक्सा बनाएर नेपाली भुमि अतिक्रमण गर्नु भारतले हेपाह प्रवृती देखाएकाले यसबारे अन्तर्राष्ट्रिय स्तरमा कुरा अगाडी बढाउनु पर्ने बताएका छन्।
 
मोरङ क्षेत्र नं.२ स्तरीय तरुण युवासंग नेपाली कांग्रेस अन्तरक्रिया कार्यक्रमा सहभागी हुने क्रममा संचारकर्मीसंग कुराकानी गर्दै डा.रिजालले सबै प्रमाण सहित पुराना नक्सा प्रष्ट हुदा हुदै भारतले नेपाली जमिन अतिक्रमण गरेर अहिले आफनै जमिन हो भनेर नक्सा देखाउनु कार्य बारे सरकारले भारतसंग कुटनितिक पहल गर्दै घटना बारे सरकारले नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत बनाउनु पर्ने विचार व्यक्त गरेका हुन्।

उनले  प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा नेपाली कांग्रेसले राष्ट्रीयताको सवालमा आफ्नो धारण राखी सकेकाले राष्ट्रीयताको सवालमा प्रतिपक्ष सरकारको साथ रहने बताउदै सरकारले नेपाली सिमानाको सुरक्षा गर्नुपर्ने बताए ।
 
साथै उनले भारतले पटकपटक नेपालमाथि हेपाह प्रवृती देखाएको र पछिल्लो पटक नेपाली भूभाग सहितको नक्सा निकाल्ने कार्य प्रमाण भएकाले राष्ट्रप्रेमी हरेक नेपालीले यो हेपाह प्रवृतीको विरुद्धमा भारतलाई बलियो सन्देश दिन जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ