arrow

नेकपा वागलुङका नेता चन्द्र अर्याल ढोरपाटनका मेयर पत्नी छेला नेपालीबाट कुटिए 

वैठकमा बोलाएर पार्टीकै साथीले पत्नीलाई पिट्न लगाएको अर्यालको गुनासो

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
dev-kumar-dhorpatan.jpg

वागलुङ। वागलुङ नेकपामा वागी प्रकरणलाई जवर्जस्ती शान्त बनाउने प्रयास गरेको भोलिपल्टै सोमबार ढोरपाटनमा नेकपाका स्थानिय नेता तथा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली र उनकी पत्नी छेला नेपाली (तिव्वतीयन)ले नेकपाकै एक स्थानिय नेता चन्द्र अर्यालमाथि हातपात गरेका छन्। 

उपनिर्वाचन हुन लागेको प्रदेश संसदको चुनावमा नेकपा गठवन्धनको रणनीति बनाउन भनेर पटक पटक आग्रह गरेर वैठकमा बोलाइएपछि मेयरको दरवार होटलमा पुगेका अर्याललाई मेयर पत्नी छेलाले गालीगलौज गर्दै हातपात गरेकी हुन्। 

छेलाले हातपात मात्र नगरि अर्याललाई गलहत्याएर होटलको गेटसम्म पुर्‍याएको प्रत्यक्षदर्शी सीता कँडेलले बताइन। 

नेकपा प्रदेश सचिव तथा गण्डकी प्रदेशका मुख्यममन्त्रीको सल्लाहकार गोविन्द नेपाली, नेकपा वागलुङका जिल्ला इन्चार्ज वलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञाननाथ गैरै, जनमोर्चा अध्यक्ष अमर थापा र गौरेश्वर पाण्डे सहितको वैठकमा बोलाइएका नेकपाकै जिल्ला सदस्य चन्द्र अर्याल भने आफ्नै सहकर्मीबाट अपमानित मात्र नभइ कुटिएर फर्कनु परेको छ। 

वैठकका लागि गोविन्द नेपाली, अमर थापा र भीम गौतमले पटक पटक बोलाएर गए पनि मेयरले आउन नदिनु भनेको भन्दै मेयर पत्नीले अपमानित र गालिगलौज गर्दै हातपात गरेको अर्यालले बताए। 

नेकपाको विद्रोही उमेद्वार रहेका शेर बहादुरलाई उमेद्वारी झिक्न लगाउन मेयर नेपालीकै होटलमा राखिएको हेलिकप्टरबाट उनलाई सदरमुकाम लगिएको थियो। 

वागलुङका स्वतन्त्र उमेद्वार शेरमान घर्तीलाई अपहरण शैलीमा उठाइयो, हर्नुस फोटो कथामा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ