arrow

जाजरकोटमा झाडाबान्ता नियन्त्रणमा

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
Map_jajarkot_hamrakura.jpeg.jpeg
जाजरकोट। जिल्लाको दशेरा र ढिमेमा देखिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षण देखिनासाथ स्थानीय स्वास्थ्यकर्मी र सदरमुकामबाट गएको स्वास्थ्यकर्मीको टोलीको उपचारपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । यही चैत्र १९ गते दसेराको जनप्रिय उच्च माविमा प्रवेशिका (एसएलसी) परीक्षा केन्द्रमा परीक्षा दिन गएका विद्यार्थी, शिक्षक र अभिभावकमा पखालाको सङ्क्रमण देखिएको थियो । 
 
बिरामीको उपचारमा खटिएका रामबहादुर थापाका अनुसार आइतबारदेखि हालसम्म परीक्षा केन्द्रमा शिक्षक तथा विद्यार्थी गरी ८० र स्वास्थ्य केन्द्रमा १०५ जनाको उपचार गरिएको छ । सदरमुकामबाट प्रकोपस्थल पुगेका डा दिवस सापकोटा झाडाबान्ता नियन्त्रणमा आएपछि सदरमुकाम फर्कीएका छन् । 
 
परीक्षाकेन्द्र आसपासको भीडभाडमा जथाभावी दिसापिसाब गर्दा फोहरमैला बढेको, बासी खाना र फोहोर खानेपानीका सङ्क्रमण फैलिएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ