arrow

स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी 

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
ramji-ghimire.jpg

काठमाडौं। नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशनबाट अध्यक्षमा  ‌रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनको प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए।

महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी मिरा नेपाल थिइन्। यसैगरी महासचिवमा दीपक भट्ट निर्वाचित भएका छन्। महासचिवमा भट्ट र शंकर कँडेलबीच प्रतिस्पर्धामा भएको थियो। 

कोषाध्यक्षमा सुरेश पासवानले जित हासिल गरेका छन्। देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ